शनिबार , बैसाख २७, २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाड्ने नेताहरुको नेकपा एमालेमा हरबिजोग भएको टिप्पणी गरेका छन् । उनले एमाले उपाध्यक्ष भीम रावलसहित १० मुख्य नेताहरुतर्फ संकेत गर्दै १० बुँदेको रटान लगाएकाहरुको हरबिजोग भएको टिप्पणी गरेका हुन् ।

‘१० बुँदे भन्नेहरुको कस्तो हरबिजोग भयो !’ सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले भने, ‘केपी ओलीको आदेश पालना नगर्नेलाई कस्तो गरिन्छ सुन्नुभयो !’ ओलीले कसैको पनि मर्यादा नगर्ने गरेको भन्दै वाध्य भएर विद्रोह गरेको बताए ।

ओलीको आदेश पालना गर्नेले मात्र स्वावासी पाउने गरेको बताए । आदेश पालना नगर्नेलाई ट्याउँ ट्याउँ गरेको भन्ने गरेको बताए ।

नेकपा एमालेको नाम नलिई पार्टी आफूहरुले बनाएको इतिहास सुनाए । उनले पार्टी बनाउँदा को कहाँ थियो हेक्का राख्न चुनौती दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP