आइतबार , भाद्र १४, २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाड्ने नेताहरुको नेकपा एमालेमा हरबिजोग भएको टिप्पणी गरेका छन् । उनले एमाले उपाध्यक्ष भीम रावलसहित १० मुख्य नेताहरुतर्फ संकेत गर्दै १० बुँदेको रटान लगाएकाहरुको हरबिजोग भएको टिप्पणी गरेका हुन् ।

‘१० बुँदे भन्नेहरुको कस्तो हरबिजोग भयो !’ सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले भने, ‘केपी ओलीको आदेश पालना नगर्नेलाई कस्तो गरिन्छ सुन्नुभयो !’ ओलीले कसैको पनि मर्यादा नगर्ने गरेको भन्दै वाध्य भएर विद्रोह गरेको बताए ।

ओलीको आदेश पालना गर्नेले मात्र स्वावासी पाउने गरेको बताए । आदेश पालना नगर्नेलाई ट्याउँ ट्याउँ गरेको भन्ने गरेको बताए ।

नेकपा एमालेको नाम नलिई पार्टी आफूहरुले बनाएको इतिहास सुनाए । उनले पार्टी बनाउँदा को कहाँ थियो हेक्का राख्न चुनौती दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP