शनिबार , भाद्र १३, २०८३

आइसिसी टी-२० विश्वकपमा आजदेखि सुपर १२ का खेल सुरू भएका छन्। आज अबुधावीमा भएको सुपर १२ को समूह-१ को खेलमा अस्ट्रेलियाले विजयी सुरूवात गर्‍यो।

अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो।

दक्षिण अफ्रिकाले दिएको ११९ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्‍यो।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ३५ रन जोड्दा मार्कोस स्टोइनिसले नटआउट २४ रन जोडे। स्टोइनिसले १६ बल खेलेर ३ चौका हिर्काए। म्याथ्यु वेडले नटआउट नटआउट १५ रन जोडे।

त्यसअघि ग्लेन म्याक्सवेल १८ रन, मिचेल मार्स ११ रन र डेभिड वार्नर १४ रन जोडेर आउट भएका थिए। कप्तान आरोन फिन्च डक आउट भएका थिए।

बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेटको क्षतिमा ११८ रन मा जोड्न सक्यो।

उसका लागि एडिन मार्क्रमले सबैभन्दा बढी ४० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।बलिङमा अस्ट्रेलियाका जोश हजलउड, एडम जाम्मा र मिचेल स्टार्कले २-२ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP