आइतबार , भाद्र १४, २०८३

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले अध्यादेश ल्याएर भए पनि चाँडै रेल सेवा सञ्चालनमा ल्याउने बताएकी छन्।

जनकपुरधाम उद्योग वाणिज्य संघले शुक्रबार जनकपुरधाम–जयनगर रेल सेवा अविलम्ब सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएपछि उनले चाँडै रेल सञ्चालनमा आउने आश्वासन दिएकी हुन्।

उनले भारतीय राजदूतसँग रेल्वे सम्बन्धमा छलफल रहेकाले त्यसबाट पनि रेल सञ्चालनबारे केही जानकारी आउने बताइन्। उनले रेल सञ्चालनका लागि कात्तिक ९ गते बस्ने संसद् बैठकबाट अध्यादेश ल्याउने सम्बन्धमा छलफल गरेर प्रक्रिया अगाडि बढाउने बताइन्।

जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै रेल सञ्चालनमा आएपछि आर्थिक तथा पर्यटकीय दृष्टिले दुवै देशलाई फाइदा हुने बताए।

संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाइमा बुझाइएको ज्ञापन पत्रमा भारत सरकारको सहयोगमा सीमावर्ती जयनगरदेखि बर्दिबाससम्म ७२ किमिमध्ये जयनगर जनकपुर (कुर्था) सम्म प्रथम चरणको पूर्वाधार भइसकेको र रेलको इन्जिन बोगीसमेत किनेको एक वर्ष बितिसक्दा पनि सञ्चालन नहुनु दुर्भाग्य रहेको बताए।

रेल सेवा सञ्चालनमा आउन नसक्दा राष्ट्रकै उद्योग, व्यवसाय तथा पर्यटनमा अत्यधिक नाकारात्मक असर परेकाले अविलम्ब सञ्चालन गर्न माग गरिएको संघका पूर्वअध्यक्ष निर्मल चौधरीले बताए।

रेल सञ्चालनमा आइसकेपछि उपभोग्य सामानको भाउमा समेत कमी आउने उनको भनाइ छ। उनले विशाखा पटनमबाट अहिले चामल मगाउँदा प्रतिकिलो ६–७ रुपैयाँ पर्ने गरेको र रेल सञ्चालनमा आइसकेपछि यो २–३ रुपैयाँ मात्र पर्नेसमेत दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP