आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि बसेको छ । बिहीबार शुरु भएको बैठक शुक्रबार दोस्रो दिन पनि बसेको हो । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा १० बुँदे कार्यान्वयनमा आएको समस्या, पार्टीको १० औं महाधिवेशन तयारी र अन्य समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बिहीबारको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै मुल व्यवस्थापन तयारी समिति बनाएको थियो । साथै,बैठकमा तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेबारे दिएको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै पार्टी एकतालाई बिथोल्ने प्रयास किन गरेको भनेर सोधेका थिए ।

खासगरी शुक्रबारको बैठकमा १० बुँदेमा देखिएको समस्यामाथि छलफल गर्दै समाधानको उपाय निकाल्ने बुझिएको छ । बिहीबारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले शुक्रबारको बैठकमा कार्यदलको सुझाव अनुसार समस्या समाधान गर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP