मंगलबार , बैसाख २९, २०८३

बाढीपहिरोबाट क्षतिग्रस्त सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुरमा सम्बोधनका क्रममा झोक्किएका छन्। कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका- ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवा झोक्किएका हुन्।बिहीवार प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीवार साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिएका थिए। उनले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गरेका थिए। त्यसपछि अम्बिका माविमा आयोजित कार्यक्रममा पुगेका देउवा एक युवाको गुनासो सुनेर झोक्किएका हुन्।

सम्बोधनका क्रममा देउवाले बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन गरी राहत दिने बताएका थिए। सोही क्रममा एक युवाले प्रधानमन्त्रीले बोलेको नसुनेको गुनासो गरेका थिए। त्यसपछि प्रधानमन्त्री देउवाले भने, ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ।’

सम्बोधनकै क्रममा धेरैले बोल्न नपाएको भन्दै देउवाले माफीसमेत मागेका थिए। ‘माफ गर्नुहोला धेरै बोल्ने समय छैन। मन्त्रीहरुले बोल्न पाउनुभएन। माफ गर्नुहोला। तपाईहरुको जुन पीडा छ हामी काठमाडौं गएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ,’ देउवाले यसरी सम्बोधन छोट्याए।

देउवाले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पुर्‍याएको क्षति देखेर दुखित भएको बताए। प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए।

देशभरमै भयानक पीडा भएको बताउदै देउवाले क्षतिको विवरण संकलन गरेपछि मूल्यांकन गरि राहत र क्षतिपूर्ति दिने बताए। प्रधानमन्त्री देउवाको टोली आज काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP