मंगलबार , अषोज २७, २०८३

आइसिसी टी-२० विश्वकपअन्तर्गत स्कटल्यान्ड सुपर १२ मा प्रवेश गरेको छ।

पहिलो चरणको आफ्नो अन्तिम खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्डले सुपर १२ मा स्थान पक्का गरेको हो।

स्कटल्यान्ड समूह ‘बी’ विजेता बन्दै सुपर १२ मा पुगेको हो। बंगलादेश भने उपविजेताको रुपमा सुपर १२ म पुगेको छ।

समूहमा स्कटल्यान्डले तीनै खेलमा जित हात पार्दा बंगलादेश दुई खेलमा विजयी भयो। समूह चरणमा स्कटल्यान्डले बंगलादेशलाई हराएको थियो।

बिहीबार राति पहिले ब्याटिङ गरेको ओमान १२२ रनमा समेटियो। ओमानका लागि अक्युब इल्यासले ३७ रन, कप्तान जीसन मक्सुदले ३४ रन र मोहमद नदीमले २५ रनको योगदान गरे।

बलिङमा स्कटल्यान्डका जोश डेभीले ३ विकेट लिए।

१२३ रनको लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा १७ ओभरमा पूरा गर्‍यो।

स्कटल्यान्डका लागि कप्तान केल कोइट्जरले ४१ रन र रिची बेरिङटनले नटआउट ३१ रन जोडे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP