आइतबार , बैसाख ७, २०८२

आइसिसी टी-२० विश्वकपअन्तर्गत स्कटल्यान्ड सुपर १२ मा प्रवेश गरेको छ।

पहिलो चरणको आफ्नो अन्तिम खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्डले सुपर १२ मा स्थान पक्का गरेको हो।

स्कटल्यान्ड समूह ‘बी’ विजेता बन्दै सुपर १२ मा पुगेको हो। बंगलादेश भने उपविजेताको रुपमा सुपर १२ म पुगेको छ।

समूहमा स्कटल्यान्डले तीनै खेलमा जित हात पार्दा बंगलादेश दुई खेलमा विजयी भयो। समूह चरणमा स्कटल्यान्डले बंगलादेशलाई हराएको थियो।

बिहीबार राति पहिले ब्याटिङ गरेको ओमान १२२ रनमा समेटियो। ओमानका लागि अक्युब इल्यासले ३७ रन, कप्तान जीसन मक्सुदले ३४ रन र मोहमद नदीमले २५ रनको योगदान गरे।

बलिङमा स्कटल्यान्डका जोश डेभीले ३ विकेट लिए।

१२३ रनको लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा १७ ओभरमा पूरा गर्‍यो।

स्कटल्यान्डका लागि कप्तान केल कोइट्जरले ४१ रन र रिची बेरिङटनले नटआउट ३१ रन जोडे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP