सोमबार , भाद्र १५, २०८३

विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन।

साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म ९करिब साढे ७ अर्ब रुपैयाँ बराबर० विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन। गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको थियो।

हाल १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, खपत भने १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। केही दिन यताको बाढी र पहिरोका कारण १ सय ५० मेगावाट विद्युत् भने राष्ट्रिय प्रसारणबाट विच्छेद भएको छ।

साँझको समयमा विद्युत्को धेरै माग हुन्छ। रातको समयमा भने ८ सय मेगावाट मात्र माग हुने गरेको छ। यस कारण रातिको समयमा धेरै बिजुली खेर गइरहेको प्राधिकरण बताउँछ।

प्राधिकरणले आन्तरिक खपत बढाउने र भारतमा निर्यात गर्ने योजनालाई पूर्णरूपमा कार्यान्वयन गर्न नसक्दा बिजुली खेर गइरहेको स्वतन्त्र ऊर्जा प्रवद्र्धक संस्था इप्पानका उपाध्यक्ष आशीष गर्ग बताउँछन्। ३ वर्षअघिदेखि नै उत्पादित विद्युत् खेर जानसक्ने भन्दै निजी ऊर्जा प्रवद्र्धकहरूले सचेत गराउँदै आएका थिए। तर, प्राधिकरणले वास्ता नगर्दा अहिले समस्या देखा परेको गर्ग बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP