आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेशको कार्यक्रममा महाधिवेशनको आयोजनास्थलबारे महत्वपूर्ण अभिव्यक्ति दिए । बुटवलमा गर्ने प्रस्ताव आएको भन्दै त्यहाँ नहुने संकेत गरे । उनले यसो भनिरहँदा महाधिवेशन स्थल कुन हुने चासो बढेको थियो ।

आज एमाले स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते हुने महाधिवेशनको स्थल समेत तय गरेको छ । महाधिवेशन चितवनमा हुने भएको छ । १०औं महाधिवेशन चितवनमा गर्ने ओलीकै चाहना हो ।

चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । प्रचण्डलाई चितवनमा चुनौती बढाउने ओलीको रणनीति मात्र नभएर प्रतिज्ञा नै रहेको सन्देशहरु प्रवाह भइरहेका छन् ।

यसअघि प्रचण्ड स्वयंले ओलीमाथि आफ्नो चुनावी क्षेत्र चितवनको माडी क्षेत्रमा राम मन्दिर बनाउने जस्ता कार्य गरेको विषय उठाएका थिए । उनले ओलीमाथि आफूलाई असजिलो पार्ने अनेकन गतिविधि गरेको आरोप लगाएका थिए । हुनपनि ओलीले चितवनमा प्रचण्डमाथि चुनौती थपिदिएका छन् ।

पूर्वमाओवादी नेता रामबहादुर थापा बादल अहिले एमालेको बागमती प्रदेशको इञ्चार्ज छन् । उनले प्रचण्डविरुद्ध चुनाव लडेर हराउने अभिव्यक्ति दिइसकेका छन् । बादल नै एमाले महाविधेशन मूल व्यवस्थापन समितिका संयोजक छन् । यो पनि अर्थपूर्ण छ ।

चितवनमा एमालेको महाधिवेशन आयोजना गरेर ओलीले प्रचण्डलाई चुनौती बढ्न गरी शक्ति प्रदर्शन गर्न खोजेका छन् । उनले प्रचण्डले राजनीतिक भूगोल बनाएको चितवनलाई महाधिवेशनको आयोजना स्थल रोजेर उनको पकड कमजोर बनाउने रणनीति समेत बनाएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP