शुक्रबार , भाद्र १२, २०८३

यहि अक्टुबर २३ मा अस्ट्रेलियाको North territory को डार्विन शहरमा दलान नामक एक साहित्यिक कार्यक्रम हुदैछ। त्यसोत यो कार्येक्रम पहिलो भने होइन। प्रवासी नेपालीहरु जो साहित्य संगीत र कलामा रुचि राख्छन, उनीहरुको सृजना सुनाउने वा प्रस्तुत गर्ने कुनै मध्यम वा  platform थियन । यहि अभाबलाइ मध्यनजर गर्दै साहित्य पारखी श्याम पाण्डेको मनमा आयो कि एउटा यस्तो डबली बनोस जहा डार्विन मा रहेका नेपाली दाजुभाइ दिदिबहिनिले आफ्नो श्रीजना प्रस्तुत गर्न पनि सकुन र गित कविता सुन्न रुचि राख्नको लागि पनि एउटा साझा थलो बनोस भनेर एक साहित्यिक डबली निर्माण गर्नुभयो जसको नाम राख्नुभयो दलान।

२०१८ को २५ अगस्ट मा समुन्द्रको किनारमा बसेर अस्ताउन लागेको घामको मधुर तापमा पहिलो सृंखलावाट सुरु भयको दलान यहि २३ अक्टुबर मा सातौ भाग सम्पन्न हुदै छ। नेपालमा रहेर दलानको भलो चिताउने अग्रज साहित्यकारको पनि आनलाइन मार्फत सहभागिता गराउने गरिएको जानकारी हामीलाई श्याम पाण्डेले दिनु भयो।

प्रवासमा रहेर पनि आफ्ना गित कविता वाचन गर्न पाउने र दलानका लागि भनेर कविता कोर्न उत्साह जगाउने श्याम पाण्डेजी को यस कदमलाइ सबैले उत्कृष्ट कार्य ठान्दै आयका छन्। जति जति श्रीन्खला  सम्पन्न हुदै गय झन् पछि झन् स्तरीय कविता, स्तरीय प्रविधि र स्तरीय हल आदिले पनि यस प्रतिको लगाब जनमानसमा बढ्दै गयको यसको क्रियाकलापले नै स्पस्ट पारेको छ।
पुराखबरको तर्फबाट सातौ श्रीन्खलाको भब्य र सभ्य सफलताको कामना सहित २३ अक्टुवर शनिवार ५ बजे सबैलाई डार्विन स्थित चार्ल्स डार्विन बिस्वबिद्यालय को निलो भवन (Charles Darwin University Blue 5.1.01)मा  उपस्थिति भइदिनु हुन समेत अनुरोध गर्दछौ।
कार्यक्रम अस्ट्रेलियाको डार्विन समय अनुसार साढे पाच बजे संचालन हुदै छ भने नेपाली समय अनुसार २ बजे दिउसो संचालन हुने छ। दलानको facebook पेज बाट र डार्विनबाट भर्खरै संचालनमा आएको अनलाइन टि. भी. नेपाली डार्विन टि. भी. (NDTV) बाट सिधा प्रसारण हुने छ।
उक्त समयमा तपाई पनि सिधै यसै पुराखबर पेज र ग्रुप बाट पनि यो व्यंगयात्मक कार्यक्रम हेर्न सक्नु हुनेछ।
@फाइल तस्विर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP