मंगलबार , अषोज २७, २०८३

नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले यहाँ कार्यरत सबै विदेशी कामदारले पनि अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने निति ल्याएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै देशभित्र स्वास्थ्य सेवा सेवाहरू नियमन गर्दा राज्यमा स्वास्थ्य क्षेत्रको विकास र नियमनमा काम गर्ने बारे नयाँ व्यवस्था ल्याईएको कतार न्युज एजेन्सीले जनाएको छ ।मन्त्रालयका अनुसार सबै प्रवासी र देशका आगन्तुकहरूका लागि अनिवार्य स्वास्थ्य बीमा प्रणाली लागू गरिनेछ।, जसले सरकारी स्वास्थ्य सुविधाहरू र निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायकहरू मार्फत उनीहरूलाई आधारभूत स्वास्थ्य सेवा सेवाहरू प्रदान गर्ने जनाएको छ ।

नयाँ कानूनको प्रावधानले रोजगारदाता कम्पनीलाई सार्वजनिक स्वास्थ्य मन्त्रालयमा दर्ता गरिएको बीमा कम्पनीहरूमार्फत गैर-कतार कामदारहरूको लागि स्वास्थ्य बीमा प्रदान गर्न बाध्य जनाएको छ ।

कतारका अमिर शेख तामिम विन हमाद अल थानीले मंगलबार स्वास्थ्य बीमा सम्बन्धि नयाँ कानुन जारी गरेका हुन् । सो कानुन सरकारी गजेटमा प्रकाशित भएको ६ महिना पश्चात लागु हुने बताईएको छ ।

बीमामा दर्ता भएपश्चात ६ महिना पछि बीमा कार्यान्वयनमा आउनेछ । मन्त्रालयले आउँदो अवधिमा कानून र स्वास्थ्य बीमा प्रणालीको प्रयोग सम्बन्धी सबै नियन्त्रणहरू जारी र प्रकाशित गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP