शुक्रबार , भाद्र १२, २०८३

यहि अक्टुबर २३ मा अस्ट्रेलियाको North territory को डार्विन सिटीमा एक साहित्यिक जमघट हुदैछ। तेसो त यो जमघट पहिलो भने होइन। प्रवासी नेपालीहरु जो साहित्य संगीत र कलामा रुचि राख्छन । उनीहरुको सृजना सुनाउने वा प्रस्तुत गर्ने खाले तेस्तो platform थियन । यहि अभाबलाइ मध्यनजर गर्दै साहित्य पारखी श्याम पाण्डेको मनमा आयो कि एउटा यस्तो डबली बनोस जहा डार्विन मा रहेका नेपालि दाजुभाइ दिदिबहिनि ले आफ्नो सृजना प्रस्तुत गर्न पनि सकुन र गित कविता सुन्न रुचि राख्नको लागि पनि एउटा साझा थलो बनोस भनेर एक साहित्यिक डबली निर्माण गर्नुभयो जसको नाम राख्नुभयो दलान।

२०१८ को २६ अगस्ट मा समुन्द्रको किनारामा चौरमा बसेर अस्ताउन लागेको घामको मधुर तापमा पहिलो श्रीन्खलावाट सुरु भयको दलान यहि २३ अक्टुबर मा सातौ श्रीन्खलामा पुग्दै छ।

दोश्रो श्रीन्खलाको कुनै आधिकारिक तथ्य फेला पार्न नसके पनि तेस्रो श्रीन्खला १२ जनवरी २०१८ मा भयको थियो।, भने ३१ मे २०१८ मै चौथो श्रीन्खलामा विभिन्न साहित्य प्रेमीको उपस्थितिमा थुप्रै रचना वाचन गरियको थियो। १४ डिसेम्बरमा पाचौ श्रीन्खला फिलोपिनो हलमा संपन्न भयको थियो भने, तेसै दिन दलानलाइ मनमुटुबाट माया गर्ने शरद बराजु मेलबर्न बसाइ सराइ गर्दै हुनुहुन्थ्यो र वहाको बिदाइ समेत त्यसै पाचौ श्रीन्खलामा गरियको थियो। क्रियटिभ इनर्जेटिक ब्यक्तित्व शरदजीको बिदाइ संगै पाचौ एपिसोड पनि सफलतापुर्बक सम्पन्न भयको थियो, भने छैठौ श्रीन्खला २०० मिटर को माध्यमबाट नेपालका चर्चित साहित्यकारहरुको वाचन सहित डार्विनका रचनाकार हरुको प्रस्तुति निकै सानदार भयको थियो।

प्रवासमा रहेर पनि आफ्ना गित कविता वाचन गर्न पाउने र दलानका लागि भनेर कविता वाचन गर्न पाउने र दलानका लागि भनेर कविता कोर्न उत्साह जगाउने श्याम पाण्डेजी को यस कदमलाइ सबैले सद्दविद कार्य ठान्दै आयका छन्। जति जति एपिसोड सम्पन्न हुदै गय झन् पछि झन् स्तरीय कविता, स्तरीय प्रविधि र स्तरीय हल आदिले पनि यस प्रतिको लगाब जनमानसमा बढ्दै गयको यसको क्रियाकलापले नै स्पस्ट पारेको छ। पुराखबरको तर्फबाट सातौ श्रीन्खलाको भब्य र सभ्य सफलताको कामना सहित २३ अक्टुवर शनिवार ५ बजे सबैलाई उपस्थिति भइदिनु हुन समेत अनुरोध गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP