आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका साथै मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका बारेमा छलफल हुनेछ ।

साथै अविरल वर्षाका कारण देशमा भएको जनधनका बारेमा समेत छलफल गर्ने बैठकको एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

खासगरी एमालेको आजको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने स्थान तय गर्ने नेताहरुले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएकाले बैठकले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना रहेको छ ।

यसअघि भदौमा भएको विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

एमाले वागमती प्रदेश कमिटीको अधिवेशनमा नेताहरुले राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन गर्न सुझाव दिँदै चितवनमा गर्नुपर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीले स्थान परिवर्तनबारे निर्णय लिने बताएका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।

यसअघि कात्तिक ६ गते वडा र ९ गते एमालेले पालिका अधिवेशन गर्ने तयारी गरेको छ । अध्यक्ष ओलीले महाधिवेशन तोकिएकै समयमा हुने भन्दै त्यसको तयारी समेत सुरु भइसकेको बताएका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP