सोमबार , भाद्र १५, २०८३

बाढी र पहिरोका कारण बन्द भएका धेरैजसो सडक अबको दुई/तीन दिनमा खुलिसक्ने सडक विभागले जनाएको छ ।

केही दिनयताको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोका कारण बन्द भएका सडकमध्ये धेरैजसो सडक दुई/तीन दिन भित्र खुलिसक्ने सडक विभागका महानिर्देशक अर्जनु जङ्ग थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक बन्द भएका ठाउँमा अहिले मेसिन र उपकरणहरु तयारी अवस्थामा राखिएको छ ।

कतिपय ठाउँमा खुलाउने तयारी भइरहेको छ भने कतिपय ठाउँमा सम्बन्धित डिभिजन कार्यालयमार्फत खुलाइसकिएको छ । गएको आइतवारपछि बन्द भएका १२ सडकमध्ये चार ठाउँको सडक खुलाइसकिएको विभागले जनाएको छ ।

कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकोमा एकतर्फी रुपमा खुलाइएको छ । यो सडक पूरै खुल्न भने समय लाग्ने थापाले बताउनुभयो । यस्तै राप्ती राजमार्गअन्तर्गत सल्यानमा अरिङ्गलेफेदीमा बन्द भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट गाडी चल्न थालेको हो ।

वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि एकतर्फी सडक खुलेको छ । भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा बन्द भएकामा अहिले खुलेको छ ।

यस वर्षको वर्षा सुरु भएपछि दुई सय ३८ ठाउँको सडक बन्द भएकोमा अहिले आठ ठाउँमा बन्द छ । एक सय ३४ ठाउँको सडक एकतर्फी र ९६ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएका सडक विभागले जनाएको छ । वर्षाका कारण देशभरका आठ ठाउँको सडक अहिले पनि बन्द नै छन् ।

पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुलीको खुर्कोट–घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक बन्द छ । डुम्रे–बेसीसहर–चामे सडक मनाङको विभिन्न खण्डमा बन्द छ । बझाङमा खोड्पे–चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी–सहजपुर–बुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक पनि बन्द छ ।

कालीकोटमा सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक विभिन्न ठाउँमा बन्द रहेको सडक विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP