सोमबार , भाद्र १५, २०८३

वाणिज्य बैङ्कहरूले आफूखुसी निक्षेप ब्याजदर बढाए/घटाएपछि राष्ट्र बैङ्कले हस्तक्षेप गरेको छ । राष्ट्र बैङ्कले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै २४ घन्टाभित्र ब्याजदर परिवर्तन गर्न भनेपछि बैङ्कहरू ब्याजदर परिवर्तनतर्फ लागेका छन् । उक्त निर्देशनसँगै ब्याजदर बढाएका बैङ्कहरूले आज साँझसम्म ब्याजदर परिवर्तन गरिसक्नुपर्ने छ ।

संस्थागत निक्षेपकर्ताको रकम आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित १९ वटा बैङ्कले निक्षेपको ब्याज बढाएका थिए । जसमध्ये हिमालयन, एनआईसी एसिया र लक्ष्मी बैङ्कको निक्षेप ब्याज ११ प्रतिशतभन्दा माथि पुगेको थियो । यसबाहेक, अन्य ७ बैङ्कले १० प्रतिशत माथि पुर्‍याएका थिए ।

​अधिकांश बैङ्कले निक्षेपको ब्याजदर बढाएपछि कर्जा ब्याजदर थप बढ्ने निश्चित थियो । जसलाई रोक्न राष्ट्र बैङ्कले कडा निर्देशन जारी गर्दै निक्षेप ब्याजदरमा बैङ्कको मनोमानी रोकेको छ । यससँगै नेपालका वाणिज्य बैङ्कहरू छाडा भएको र यसलाई नियन्त्रण गर्न राष्ट्र बैङ्कको सिधा हस्तक्षेप नै आवश्यक परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP