शनिबार , बैसाख २७, २०८२

सुदूरपश्चिममा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १३, बझाङमा ६ जना, बैतडीमा ४, डडेल्धुरामा २ र कैलालीमा १ गरी २६ जनाको मृत्यु भएको हो।

बाढी र पहिरोमा परेर अन्य ११ जना घाइते भएका छन् भने २५ जना बेपत्ता छन्।

बेपत्ता हुनेमा बझाङका थलारा गाउँपालिका डिख्लाका २१ जना, खप्तडाछान्ना गाउँपालिकाका २ र कैलालीका २ गरी २५ जना अझै बेपत्ता छन्।

बझाङमा १७, डोटीमा १२ र डडेल्धुराका ३ वटा घरमा पूर्णरूपमा क्षति समेत भएको प्रहरीले जनाएको छ।

प्रदेशका तराई भेगमा जिल्ला कैलाली र कञ्चनपुरमा पनि सयौं घरमा डुबानमा परेका छन्।

प्रदेशका पहाडी र तराईका बाढी पहिरो प्रभावित क्षेत्रका कयौं परिवार विस्थापित भएका छन्।

विस्थापित भएकालाई विद्यालय, सामुदायिक भवनमा राखिएको छ।

यस्तै प्रदेशमा ठूलो संख्यामा गाई-भैंसी, कुखुरा, बाख्रा लगायतका पशुपंक्षीमा पनि क्षति पुगेको छ।

बाढी पहिरोकै कारण प्रदेशका विभिन्न सडकखण्डदेखि झोलुङे पुलसम्म पूर्ण रूपमा क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।

बाढी र पहिरोका कारण डडेल्धुरा, डोटी, अछाम, बैतडी, बझाङ र दार्चुलाका मुख्य तथा शाखा सडकखण्ड अवरूद्ध छन्।

अवरूद्ध सडकखण्ड खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP