मंगलबार , बैसाख २९, २०८३

नेपालका लागि जापानी राजदूत किकुता युताकाले परराष्ट्रमन्त्री नारायण खड्कासँग मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् । भेटमा परराष्ट्रमन्त्री खड्कालाई बधाई दिदैं राजदूत किकुताले कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै जापानी विदेश मन्त्री मोतेगी तोसिमित्सुले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।

भेटमा मन्त्री खड्काले समकक्षीलाई बधाई सन्देश दिदैं प्रधानमन्त्री किसिदा फुमियोलाई शुभकामदा दिएका थिए । शुभकामना आदानप्रदानका क्रममा राजदूतले प्रधानमन्त्री देउवाबाट समकक्षीलाई पठाएको बधाइ सन्देशका लागि आभार व्यक्त गरे । विदेशमन्त्री मोतेगीको भने वर्तमान सरकारमा पुनर्नियुक्ती भएको हो । भेटमा मन्त्री खड्का र राजदूत किकुताले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धको प्रगाढताबारे चर्चा गरेका थिए । राजदूत किकुताले पहिलोपटक नेपाली विद्यार्थीले जापानको भ्रमण गरेको आगामी वर्ष १२० वर्ष पुग्ने भन्दै नेपाल र जापानबीच अतुलनीय मित्रता रहेको उल्लेख गरेका थिए । नेपालको विकास, आपतकालीन सहयोग तथा कोभिड–१९ महामारी प्रतिकार्यमा जापानले सहयोग पुर्‍याएको उल्लेख गर्दै राजदूतले नेपालमा कोभिड–१९ भ्याक्सिन भण्डारणका लागि युनिसेफबाट निर्मित ‘कोल्ड चेन’ जापान सरकारको योगदान भएको बताए ।

जापानले कोभिड–१९ प्रतिकार्यका लागि मेडिकल सामग्रीसहित १६ लाख अष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । भेटमा राजदूत किकुताले नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न जापान सधैं तयार रहेको भन्दै दुई देशको साझेदारीलाई थप उचाइमा पुर्‍याउँदै जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP