मंगलबार , बैसाख २९, २०८३

लेउती खोलाले बगाएको कोसी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका-६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो । धरानदेखि कोसी पहाडी तथा कोसी पहाडदेखि धरान झरेका सयौँ साना-ठूला गाडी अलपत्र परेका थिए ।

त्यस क्षेत्रमा अहिले पनि अविरल रूपमा वर्षा भइरहेको छ । खोलामा बालुवा र माटोको लेदोसहितको बाढी अहिले आइरहेको छ । बाटो सफा गर्न चारवटा स्काभेटर परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP