सोमबार , भाद्र १५, २०८३

लुम्बिनी प्रदेशमा कृषितर्फ चार अर्ब भन्दा बढीको क्षति भएको छ । केही दिनदेखि भएको अविरल वर्षाका कारण कृषिमा भएको क्षति बारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको जानकारी अनुसार लुम्बिनीमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको हो । मन्त्रालयका अनुसार त्यहाँका किसानलाई ३२ करोड रुपैयाँ बराबरको राहत प्याकेज दिनुपर्ने हुन्छ ।

लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा बाढीले क्षति पुर्याएको छ । काटिएको धान ३६ हजार ४८० हेक्टर क्षेत्रमा राखिएको छ, त्यसमध्ये ६५ प्रतिशत अर्थात २३ हजार ७१२ हेक्टरमा रहेको धानमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा रहेको धान खेतमै ढलेको छ, त्यसमध्ये २० प्रतिशत अर्थात १८ हजार ७१५ हेक्टरको धानबालीमा क्षति पुगेको छ ।

लुम्बिनी प्रदेशमा तीन लाख १७ हजार ४१४ हेक्टरमा क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीमा धान रोपाइँ भएको थियो । त्यहाँ ६७ हजार ५५० क्षेत्रफलमा धान रोपाइँ भएको थियो । पाल्पामा आठ हजार १९०, गुल्मी १० हजार २४६, अर्घाखाँची ८ हजार ३०४, नवलपरासी २२ हजार ७१२, कपिलवस्तुमा ६४ हजार ३५०, दाङमा ३७ हजार ९३६, बाँके ३५ हजार ६२५, बर्दियामा ४९ हजार ६३८, रुकुम पूर्वमा दुई हजार ५८, प्युठानमा छ हजार १४ र रोल्पामा चारहजार क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये किसानले ५५ हजार ५४ क्षेत्रफलमा धान काटेर घर भित्र्याइसकेका छन् ।

पाल्पा, अर्घाखाँची र रोल्पामा किसानले भने धानबाली भित्र्याइसकेका छैनन् । लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा हालसम्म कुनै क्षति भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP