शनिबार , बैसाख २७, २०८२

लुम्बिनी प्रदेशमा कृषितर्फ चार अर्ब भन्दा बढीको क्षति भएको छ । केही दिनदेखि भएको अविरल वर्षाका कारण कृषिमा भएको क्षति बारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको जानकारी अनुसार लुम्बिनीमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको हो । मन्त्रालयका अनुसार त्यहाँका किसानलाई ३२ करोड रुपैयाँ बराबरको राहत प्याकेज दिनुपर्ने हुन्छ ।

लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा बाढीले क्षति पुर्याएको छ । काटिएको धान ३६ हजार ४८० हेक्टर क्षेत्रमा राखिएको छ, त्यसमध्ये ६५ प्रतिशत अर्थात २३ हजार ७१२ हेक्टरमा रहेको धानमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा रहेको धान खेतमै ढलेको छ, त्यसमध्ये २० प्रतिशत अर्थात १८ हजार ७१५ हेक्टरको धानबालीमा क्षति पुगेको छ ।

लुम्बिनी प्रदेशमा तीन लाख १७ हजार ४१४ हेक्टरमा क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीमा धान रोपाइँ भएको थियो । त्यहाँ ६७ हजार ५५० क्षेत्रफलमा धान रोपाइँ भएको थियो । पाल्पामा आठ हजार १९०, गुल्मी १० हजार २४६, अर्घाखाँची ८ हजार ३०४, नवलपरासी २२ हजार ७१२, कपिलवस्तुमा ६४ हजार ३५०, दाङमा ३७ हजार ९३६, बाँके ३५ हजार ६२५, बर्दियामा ४९ हजार ६३८, रुकुम पूर्वमा दुई हजार ५८, प्युठानमा छ हजार १४ र रोल्पामा चारहजार क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये किसानले ५५ हजार ५४ क्षेत्रफलमा धान काटेर घर भित्र्याइसकेका छन् ।

पाल्पा, अर्घाखाँची र रोल्पामा किसानले भने धानबाली भित्र्याइसकेका छैनन् । लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा हालसम्म कुनै क्षति भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP