मंगलबार , बैसाख २९, २०८३

तेजाब आक्रमणमा परेर त्यसविरुद्ध कडा कानुन र सजायको व्यवस्थाका लागि निर्वाह गरेको भूमिकालाई कदर गर्दै मुस्कान खातुनलाई दिइएको प्रतिष्ठीत आईडब्लुओसी (इन्टरनेसनल वुमन अफ करेज ) अवार्डमा समावेश ट्रफी हस्तान्तरण गरिएको छ । प्रथम महिला एवं संविधानसभा सदस्य आरजू राणा र विभिन्न क्षेत्रमा स्थापित महिला नेतृहरूको उपस्थितिमा अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले उक्त ट्रफी हस्तान्तरण गरेका हुन् ।

मुस्कानलाई धम्की र सामाजिक दबाबको सामना गर्दै तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यलाई कदर गर्दै पुरस्कृत गरिएको हो ।मुस्कानलाई अन्तर्राष्ट्रिय नारी दिवसका दिन मार्च ८ मा अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले मुस्कानलाई उक्त अवार्ड दिएका थिए ।

मुस्कानले पूवर्वर्ती प्रधानमन्त्रीसँगको भेटमा तेजाब आक्रमण विरुद्ध कडा सजायसहित र यसको बिक्री–वितिरणमा रोक लगाउने कानुन ल्याउन माग गरेकी थिइन्, त्यसलगत्तै ओली नेतृत्वको सरकारले तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको बताएको थियो । तर बिडम्बना उक्त अध्यादेश ओलीको दल एमालेले निरन्तर संसद अवरोध गरेका कारण निष्क्रिय हुन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP