मंगलबार , बैसाख २९, २०८३

बाढी तथा पहिरोमा परी प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ भने १६ जना वेपत्ता भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण बिसीका अनुसार हालसम्म पहिरोमा परी ४६ जनाको मृत्यु भएको छ । त्यसैगरि, बढीमा परेर तीन जनाको मृत्यु भएको छ ।

प्रहरी प्रमुख बिसीले पहाडी जिल्लामा पहिरोमा परी सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको छ । इलाममा १३, धनकुटा ७, उदयपुरमा २ जनाको मृत्य भएको छ । त्यसैगरी भोजपुरमा एक र सुनसरीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको प्रहरी नायव महानिरीक्षक बिसीले बताए । मोरङमा एक, सुनसरीमा दुई जनाको बाढीले बगाएर मृत्यु भएको छ ।

वर्षासँग मानवीय तथा भौतिक संरचनाको क्षतिबारे थप विवरण आउन बाँकी रहेको बताएका बिसीले सडक तथा सञ्चार क्षेत्र समेत प्रभावित हुँदा थप विवरण संकलन गर्न काम भइरहेको बताए । उनका अनुसार पाँचथर, धनकुटा, उदयपुर लगायतका जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएको छ । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढि प्रभावित भएका छन् ।

पाँचथरको एउटै गाविसमा २४ जनाको मृत्यु

बाढी पहिरोले पाँचथर जिल्लाको मिक्लाजुङ गाविसमा मात्रै २४ जनाको मृत्यु भएको छ । मंगलबारदेखि बुधबार बिहानसम्मको बाढी पहिरोमा परि २४ जनाले ज्यान गुमाएको गाविस अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

उनका अनुसार बुधबार पाँच बजेसम्ममा २४ मध्ये २१ जनाको शव भेटिएको छ । बाँकी ३ जनाको शव फेला परिसकेको छैन । उनीहरुलाई खोलाले बगाएको बताइएको छ । अध्यक्ष माखिमले मिक्लाजुङको कुरुम्वा वडानम्बर ५ मात्रै १५ जनाको मृत्यु भएको छ ।

मिक्लाजुङ बाहेक पाँचथरका अन्य स्थानका ३ जनाको पनि बाढी पहिरोमा परि मृत्यु भएको छ । बाढी पहिरोले सडक, विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष माखिमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP