शनिबार , बैसाख २७, २०८२

आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँ का धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी र उनकी श्रीमती चन्द्रा गिरीको तथा खप्तड छान्ना गाउँपालिका–५ का धनराज जोशी छन् ।

खप्तड छान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर सबैको मृत्यु भएको हो । पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटरको मद्दतमा निकालिएको थियो । सञ्चार सम्पर्क विच्छेद भएकाले ढिलो गरी सूचना प्राप्त भएको प्रहरीको भनाइ छ । ‘अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले भने, ‘छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको छु, केही समयपछि सबै जानकारी आउने छ ।’

खप्तड छान्ना गाउँपालिका–७, तिखाढुङ्गाका रामबहादुर सिंह, मानबहादुर सिंह, मंगलबहादुर सिंह, दलबहादुर सिंह र हस्तबहादुर सिंहका सबै परिवार पहिरोका कारण विस्थापित भई आफन्तका घरमा बसोबास गर्दै आएको जनाइएको छ । यसैबीच पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको छ । तर शवको सनाखत भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP