सोमबार , जेठ २७, २०८२

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ।

मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङ यीले २० लाख डोज खोप अनुदान दिने प्रतिबद्धता जनाए। यसअघि चीनले नेपाललाई २८ लाख डोज खोप राहत स्वरुप उपलब्ध गराइसकेको छ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री खड्का र वाङबीच कोभिड १९ विरुद्धको लडाईंमा सहकार्य, द्वीपक्षीय व्यापार, सीमा व्यवस्थापन विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।दुई देशका परराष्ट्रमन्त्रीबीच चीनले नेपालमा सञ्चालन गरेको परियोजना, कोरोनाका कारण पढाइ छाडेर फर्किएका नेपाली विद्यार्थीको फिर्ति, तातोपानी नाका र रसुवागढी नाकाको नियमति सञ्चालनको विषयमा समेत कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लामो समयदेखि चीनले तातोपानी र रसुवागढी दुवै नाकागढी नाकालाई पूर्ण रुपमा सञ्चालन गर्न आनाकानी गर्दै आइरहेको छ। उनीहरुबीच दुई देशबीच हवाई उडानलाई नियमित गर्ने सन्दर्भमा समेत गम्भीरतापूर्वक कुराकानी भएको छ।

कुराकानीका अवसरमा परराष्ट्रमन्त्री खड्कालाई विदेशमन्त्री यीले चीन भ्रमणको निम्तोसमेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP