पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ जनामा गरिएको परीक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामै कोरोना निको भएर १ हजार ४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
कोरोनाले थप १२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्मका कूल मृतकको संख्या ११ हजार ३०५ पुगेको छ ।