सोमबार , जेठ २७, २०८२

बङ्गलादेशमा दुईजना हिन्दु धर्मालम्बी पुरुषको हत्या भएको छ । त्यहाँ मन्दिरहरु तोडफोड र आगजनी गरिएको छ ।हिन्दुको दुर्गा पूजाको समयमा घटना भएको हो । बङ्गलादेशको पूर्वी जिल्ला कुमिल्लामा हिंसा भड्कदा घटना भएको छ ।

मिडियाले हिन्दु धर्मालम्बीले दुर्गा पूजाको समयमा कुरानलाई घुँडामा राखेको तस्बिर भाइरल बनाएपछि हिंसा भड्किएको थियो । आक्रोशित भीडले हिन्दु मन्दिरहरुमा आक्रमण गरेको थियो ।

आक्रोशित मुस्लिम समुदायको आक्रमणबाट दुईजना हिन्दु पुरुष मारिएका छन् । २ सयको भीडले दक्षिणी शहर बेगमगन्जमा हिन्दु कमिटीका सदस्यहरुलाई कुटेर र धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । उनीहरु १० दिनको दुर्गा पूजा आयोजना गर्दै थिए ।

शनिबार अर्का हिन्दु पुरुषको शव भेटिएको थियो । हिन्दुहरुमाथि आक्रमण हुन थालेपछि बङ्गलादेशमा त्रास बढेको छ । बङ्गलादेशको साँढे १६ करोड जनसंख्यामा हिन्दुहरु १० प्रतिशत छन् । यो झण्डै दुई करोड हुन आउँछ ।

प्रहरीसँग विभिन्न ठाउँमा आक्रोशित भीडको भिडन्तहरु भएका छन् । त्यस क्रममा प्रहरीले गोली समेत चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP