शनिबार , भाद्र १३, २०८३

बङ्गलादेशमा दुईजना हिन्दु धर्मालम्बी पुरुषको हत्या भएको छ । त्यहाँ मन्दिरहरु तोडफोड र आगजनी गरिएको छ ।हिन्दुको दुर्गा पूजाको समयमा घटना भएको हो । बङ्गलादेशको पूर्वी जिल्ला कुमिल्लामा हिंसा भड्कदा घटना भएको छ ।

मिडियाले हिन्दु धर्मालम्बीले दुर्गा पूजाको समयमा कुरानलाई घुँडामा राखेको तस्बिर भाइरल बनाएपछि हिंसा भड्किएको थियो । आक्रोशित भीडले हिन्दु मन्दिरहरुमा आक्रमण गरेको थियो ।

आक्रोशित मुस्लिम समुदायको आक्रमणबाट दुईजना हिन्दु पुरुष मारिएका छन् । २ सयको भीडले दक्षिणी शहर बेगमगन्जमा हिन्दु कमिटीका सदस्यहरुलाई कुटेर र धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । उनीहरु १० दिनको दुर्गा पूजा आयोजना गर्दै थिए ।

शनिबार अर्का हिन्दु पुरुषको शव भेटिएको थियो । हिन्दुहरुमाथि आक्रमण हुन थालेपछि बङ्गलादेशमा त्रास बढेको छ । बङ्गलादेशको साँढे १६ करोड जनसंख्यामा हिन्दुहरु १० प्रतिशत छन् । यो झण्डै दुई करोड हुन आउँछ ।

प्रहरीसँग विभिन्न ठाउँमा आक्रोशित भीडको भिडन्तहरु भएका छन् । त्यस क्रममा प्रहरीले गोली समेत चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP