शनिबार , बैसाख २७, २०८२

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । उनी बेलायतको निम्तोमा भने जान लागेका होइनन् । बरु बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन जान लागेका हुन् ।देउवाको ग्लास्गोमा हुने सम्मेलनमा सहभागिता अर्थपूर्ण रहेको छ । उनले पाचौंपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको गन्तव्य बेलायतलाई बनाएका छन् । बेलायतमा देउवा अध्ययन समेत गरेका थिए ।

नेपालका प्रधानमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारत हुने गरेकोमा देउवाले यसपटक प्रधानमन्त्री भएपछि बेलायतलाई गन्तव्य बनाएका छन् । विगतमा पुष्पकमल दाहाल प्रचण्ड २०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा चीनलाई विदेश भ्रमणको पहिलो गन्तव्य बनाएका थिए । यो घटनाले निकै चर्चा कमाएको थियो ।

ओलम्पिकको समापन समारोहमा सरिक हुन प्रचण्ड चीन पुगेका थिए । उनले त्यतिबेला चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओलाई भेटेका थिए । यसलाई इतिहासमा क्रमभङ्ग भनिएको थियो । भारतको पहिलो भ्रमण गर्ने परम्परालाई प्रचण्डले तोडेका थिए ।

देउवाले पनि भारत भ्रमण गर्ने चर्चा थियो । उनले चाँडै भ्रमणको निम्तो पाउने अपेक्षा गरिएको थियो । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली हालै भारत भ्रमणमा जाँदा देउवाको भविष्यमा हुने भ्रमणको तयारीका रुपमा हेरिएको थियो ।

विगतमा प्रचण्डले ओलम्पिक समापनमा भन्दै चीनको भ्रमण गरेजस्तै देउवाले पनि वर्ल्ड लिडर समिटमा सहभागी हुन भन्दै बेलायतको भ्रमण गर्ने भएका छन् । जे होस् उनले पनि परम्परालाई तोड्दै प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको गन्तव्य बेलायतलाई बनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP