मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । उनी बेलायतको निम्तोमा भने जान लागेका होइनन् । बरु बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन जान लागेका हुन् ।देउवाको ग्लास्गोमा हुने सम्मेलनमा सहभागिता अर्थपूर्ण रहेको छ । उनले पाचौंपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको गन्तव्य बेलायतलाई बनाएका छन् । बेलायतमा देउवा अध्ययन समेत गरेका थिए ।

नेपालका प्रधानमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारत हुने गरेकोमा देउवाले यसपटक प्रधानमन्त्री भएपछि बेलायतलाई गन्तव्य बनाएका छन् । विगतमा पुष्पकमल दाहाल प्रचण्ड २०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा चीनलाई विदेश भ्रमणको पहिलो गन्तव्य बनाएका थिए । यो घटनाले निकै चर्चा कमाएको थियो ।

ओलम्पिकको समापन समारोहमा सरिक हुन प्रचण्ड चीन पुगेका थिए । उनले त्यतिबेला चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओलाई भेटेका थिए । यसलाई इतिहासमा क्रमभङ्ग भनिएको थियो । भारतको पहिलो भ्रमण गर्ने परम्परालाई प्रचण्डले तोडेका थिए ।

देउवाले पनि भारत भ्रमण गर्ने चर्चा थियो । उनले चाँडै भ्रमणको निम्तो पाउने अपेक्षा गरिएको थियो । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली हालै भारत भ्रमणमा जाँदा देउवाको भविष्यमा हुने भ्रमणको तयारीका रुपमा हेरिएको थियो ।

विगतमा प्रचण्डले ओलम्पिक समापनमा भन्दै चीनको भ्रमण गरेजस्तै देउवाले पनि वर्ल्ड लिडर समिटमा सहभागी हुन भन्दै बेलायतको भ्रमण गर्ने भएका छन् । जे होस् उनले पनि परम्परालाई तोड्दै प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको गन्तव्य बेलायतलाई बनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP