शनिबार , बैसाख २७, २०८२

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले केपी ओलीको नजरमा दुश्मन या चाकर मात्र रहेको टिप्पणी गरेकी छन्। नेकपा (एकीकृत समाजवादी) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दे झाँक्रीले यस्तो बताएकी हुन्।

गाउँका इकाईदेखि केन्द्रिय राजनीतिमा जीवनका उर्जा सर्मपण गरे पनि एमाले पार्टीभित्र रैती बन्ने स्थिती देखा परेपछि स्वतन्त्र मान्छे बन्न समाजवादी पार्टी जन्माएको उनले जिकिर गरिन्। केपीले पार्टी सिद्धान्त र पद्धति खोज्नेलाई दुश्मन बनाएर आफ्नो भक्तिगान गर्ने र अवसरमा रमाउनेहरुलाई चाकर बनाएर राखेको उनको आरोप छ।

मन्त्री झाँक्रीले अझै पनि केहि नेताहरुले बनिबनाउ घरको नाममा दासत्व खोजिरहेको बताइन् । विद्यार्थी जीवनदेखि गाउँका उन्यू र सिस्नो घारीबाट निस्केर पार्टीमा संगठित भएको बिगत स्मरण गर्दै गुल्मेली माटोले अब आफनो भुमिका खोजेको झाँक्रीले उल्लेख गरिन्।

उनले मन्त्री भएपछि पास मार्क मात्रै प्राप्त गर्नेभन्दा पनि केहि अनुकरणीय काममा आफूले प्रयत्न गर्ने भन्दै आगामी तीन महिनासम्म सवै तहका संगठनहरुको संरचना निर्माण गरेर पार्टीको नयाँ उचाई स्थापित गर्ने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP