मंगलबार , बैसाख २९, २०८३

आइतबार रातिदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोमलगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जानलागेका र मुस्ताङबाट फर्कँदै गरेका यात्रुबीच बाटोमा नै अलपत्र परेका छन् । म्याग्दीलगायत धौलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ । वर्षासँगैको हुरी बतासले यस क्षेत्रमा लगाइएको धानबाली, तरकारी र फलफूलबालीमा समेत क्षति पु¥याए पछि कृषकसमेत चिन्तित बनेका छन् ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दसैँ मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कँदै गरेका मानिस ठूलो समस्यामा परेका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी-बगरफाँट-भकिम्ली सडकको बाङ्गेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारी साधनसमेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिनुभयो ।

पहिरो र हिलोेका कारण बेनी-दरवाङ, बेनी-मालढुङ्गा, बेनी-बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी-दरवाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताउनुभयो । “ठूला सवारी साधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसेकेका कारण सिंगाबाट फर्काएर बेनी ल्याएँ”, हुमेनले भन्नुभयो । यसैगरी म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुनथालेको छ । म्याग्दीको गुर्जा, सोलेको धुरी, रुम, घोडेपानीलगायत क्षेत्रहरूमा हिमपात हुन सुरु भएको स्थानीयले बताएका छन् ।

जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि वृद्धवृद्धा र पशुचौपायालाई समस्या उत्पन्न भएको छ । ज्येष्ठ नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् । उनीहरू घरभित्र नै आगो बालेर बसेका रुमका टेकबहादुर घर्तीले जानकारी दिनुभयो । जिल्लाका तल्लो भेगमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाई दिए पछि कृषक चिन्तित भएका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP