मंगलबार , अषोज २७, २०८३

सर्जियो अगुएरोले डेब्यू गर्दा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–१ को जीत हासिल गरेको छ । अगुएरो यो सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोनामा आबद्ध भएका थिए तर चोटका कारण उनी लामो समय मैदान बाहिर रहन बाध्य बनेका थिए । खेल सकिन तीन मिनेट बाँकी छँदा उनी मैदान प्रवेश गरेका थिए ।

खेलमा अग्रता बने पाहुना टोलीले लिएको थियो । जोसे गायाले खेलको पाँचौ मिनेटमा भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, १३ औँ मिनेटमा अन्सु फातीले मेम्फिस डिपायको पासमा खेल बराबरी गरे । पहिलो हाफ सकिन लाग्दा बक्सभित्र फातीलाई फल हानेपछि बार्सिलोनाले पेनाल्टी पायो जसलाई डेपायले सजिलै गोलमा परिणत गरे ।

दोस्रो हाफको अन्त्यतिर फिलिपे काउन्टिन्होले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । सन् २०२० को नोभेम्बरपछि काउन्टिन्होले पहिलो गोल गरेका थिए । जीतसँगै बार्सिलोना १५ अंक बटुल्दै लिगको सातौँ स्थानमा उक्लिएको छ । आइतबार नै भएका अन्य खेलमा सेभियाले सेल्टाभिगोलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडको खेल भने स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP