आइतबार , बैसाख ७, २०८२

सर्जियो अगुएरोले डेब्यू गर्दा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–१ को जीत हासिल गरेको छ । अगुएरो यो सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोनामा आबद्ध भएका थिए तर चोटका कारण उनी लामो समय मैदान बाहिर रहन बाध्य बनेका थिए । खेल सकिन तीन मिनेट बाँकी छँदा उनी मैदान प्रवेश गरेका थिए ।

खेलमा अग्रता बने पाहुना टोलीले लिएको थियो । जोसे गायाले खेलको पाँचौ मिनेटमा भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, १३ औँ मिनेटमा अन्सु फातीले मेम्फिस डिपायको पासमा खेल बराबरी गरे । पहिलो हाफ सकिन लाग्दा बक्सभित्र फातीलाई फल हानेपछि बार्सिलोनाले पेनाल्टी पायो जसलाई डेपायले सजिलै गोलमा परिणत गरे ।

दोस्रो हाफको अन्त्यतिर फिलिपे काउन्टिन्होले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । सन् २०२० को नोभेम्बरपछि काउन्टिन्होले पहिलो गोल गरेका थिए । जीतसँगै बार्सिलोना १५ अंक बटुल्दै लिगको सातौँ स्थानमा उक्लिएको छ । आइतबार नै भएका अन्य खेलमा सेभियाले सेल्टाभिगोलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडको खेल भने स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP