मंगलबार , बैसाख २९, २०८३

भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ। यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार मारिएकामा भारतीय सेनाका ९ जना छन्। मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको छ।

भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो। अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए। सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए।

अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको बीबीसी हिन्दीले जनाएको छ।

यसबीच कस्मिरको कुलमागमा आइतबार गोली हानेर दुई जना गैरकस्मिरी नागरिकको हत्या गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आतंकवादीद्वारा उत्तर प्रदेशको सहरानपुरका सगिर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह मारिएका हुन्।

त्यसअघि शनिबार पनि आतंकवादीले दुई जना मजदुरको हत्या गरेका छन्। सर्वसाधारणको हत्याले कस्मिरका राजनीतिक दल आक्रोशित भएका छन्।

यसपछि भारतीय सुरक्षा बलले थालेको अपरेसन अभियानका क्रममा १३ जना आतंकवादी मारिएको दाबी गरिएको छ।

आतंकवादी समूह र सेनाबीच मुठभेड चलिरहँदा जम्मु–कस्मिरमा आतंकवादीलाई सहयोग गरेको आरोपमा सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ।

पछिल्लोपटक जम्मु–कस्मिर प्रशासनले अलगाववादी नेताका रूपमा परिचित सइद अली शाह गिलानीका नाति अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP