आइतबार , बैसाख ७, २०८२

भारतसँग नेपाली टोली साफ च्याम्पियनसीप फुटबलमा पराजित भएर उपविजेता हुँदा मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी निराश देखिए । लगातार दुईवटा पहेंलो कार्ड पाएकाले खेल हेर्न मात्र पाए निर्देशन दिन पाएनन् ।अल्मुताइरीको खेल निर्देशनको अभाव टड्कारो देखियो । टोलीले पहिलो हाफमा जुन प्रदर्शन गरेर भारतलाई रोक्यो त्यो दोस्रो हाफमा रहेन । एक मिनेटबीच दुई गोल खाएपछि नेपाली टोली सम्हालिन सकेन । खेल भारतको पक्षमा गयो ।

फाइनलमा टोली पुगेपछि प्रशिक्षक अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखे । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरे । उनी नेपालका खेल पदाधिकारीप्रति निकै असन्तुष्ट देखिन्थे । साथै कुनै उपाधि दिलाएर आफ्नो देश फर्कने सोचमा थिए ।

अल्मुताइरीले उपविजेताको मेडल लगाए । उपविजेताले पाएको २५ हजार डलरको चेक पनि लिएर तस्बिर खिचाए । अब उनी नेपाली टोलीसँगै फर्कने हुन् या होइनन् ? चासो बनेको छ ।

मालदिभ्सबाट सिधै उनी आफ्नो देश जाने चर्चा छ । तर, उनको नेपालसँग भावनात्मक सम्बन्ध पनि देखिन्छ । दशैंको टीका मालदिभ्समा बसेर नेपाली टोलीसँग लगाएको तस्बिर सार्वजनिक भयो । यसबाट उनीप्रति नेपाली खेलप्रेमीले सहानुभूती राख्न थालेका छन् ।-Photo Source: ANFA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP