मंगलबार , अषोज २७, २०८३

भारतसँग नेपाली टोली साफ च्याम्पियनसीप फुटबलमा पराजित भएर उपविजेता हुँदा मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी निराश देखिए । लगातार दुईवटा पहेंलो कार्ड पाएकाले खेल हेर्न मात्र पाए निर्देशन दिन पाएनन् ।अल्मुताइरीको खेल निर्देशनको अभाव टड्कारो देखियो । टोलीले पहिलो हाफमा जुन प्रदर्शन गरेर भारतलाई रोक्यो त्यो दोस्रो हाफमा रहेन । एक मिनेटबीच दुई गोल खाएपछि नेपाली टोली सम्हालिन सकेन । खेल भारतको पक्षमा गयो ।

फाइनलमा टोली पुगेपछि प्रशिक्षक अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखे । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरे । उनी नेपालका खेल पदाधिकारीप्रति निकै असन्तुष्ट देखिन्थे । साथै कुनै उपाधि दिलाएर आफ्नो देश फर्कने सोचमा थिए ।

अल्मुताइरीले उपविजेताको मेडल लगाए । उपविजेताले पाएको २५ हजार डलरको चेक पनि लिएर तस्बिर खिचाए । अब उनी नेपाली टोलीसँगै फर्कने हुन् या होइनन् ? चासो बनेको छ ।

मालदिभ्सबाट सिधै उनी आफ्नो देश जाने चर्चा छ । तर, उनको नेपालसँग भावनात्मक सम्बन्ध पनि देखिन्छ । दशैंको टीका मालदिभ्समा बसेर नेपाली टोलीसँग लगाएको तस्बिर सार्वजनिक भयो । यसबाट उनीप्रति नेपाली खेलप्रेमीले सहानुभूती राख्न थालेका छन् ।-Photo Source: ANFA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP