शनिबार , बैसाख २७, २०८२

महोत्तरीमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । भाउजूसँग लेनदेनको समस्या रहेको र घरमा विभिन्न समस्याहरू एक्कासि आएको कारण बोक्सीको आरोपमा तीन महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवरले सञ्जय झाले हत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ । शिलादेवी घरमा सुतिरहेकै अवस्थामा बिहीबार टाउकोमा हथौडा प्रहार गरी उनका देवर झाले हत्या गरेको पुष्टि भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

आरोपित सञ्जय हाल जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका थिए । हत्या गर्नु पूर्व सञ्जय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेका थिए । बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै स्थानमा हथौडाले टाउकोमा हानेर हत्या गरी पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

शिलादेवीले दिएको केरा खाँदा सञ्जयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आएर विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक नभएकाले उनी बोक्सी नै रहेको भन्दै सञ्जयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने भन्दै सञ्जयले भाउजूको हत्या गरेको स्वीकार गरेको उनले बताए । शिलादेवीलाई सञ्जयले दिएको १२ लाख ३९ हजार सापटी समेत फिर्ता नदिएको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP