सोमबार , भाद्र १५, २०८३

हिजाे शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो ।

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही ठाउँमा हिजो शनिवार ठूलो पानी परेकोमा आज आइतवार मध्य क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने भोलि साेमवार ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । पानी पर्न सुरु भएसँगै गर्मीको महसुस बिस्तारै कम भएको छ ।

यसैबीच बाढी सूचना केन्द्रले विशेष बुलेटिन निकालेर मध्य र सुदूरपश्चिका नदी तथा खोलामा बाढी आउने चेतावनी दिएको छ । केन्द्रले महाकाली, सेती, भेरी, मध्यपहाडका चुरे र तराई भएर बग्ने साना नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन भनेको छ ।

यस्तै कर्णाली, नारायणी, कोसी, तिनाउ, कन्काई लगायतका नदीमा आकस्मिक बहावको जोखिम रहेकाले कात्तिक ३ गतेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP