मंगलबार , बैसाख २९, २०८३

देशको विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, नगराईन नगरपालिका-७ नवटोलीस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले घटनास्थलबाट १ थान खुकुरी बरामद गरेको छ ।

झापा, गौरीगंज गाउँपालिका-२ कोरोबारी बस्ने ३७ वर्षीय चैतुलाल राजवंशी आफ्नै घरको बरण्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, रत्ननगर नगरपालिका-१० डाँडागाउँस्थित सुमित्रा देबी पाण्डेको घरमा ५ महिनादेखि ज्याला मजदुरी गरी बस्दै आएका उदयपुर त्रियुगा नगरपालिका घर भएका ५० वर्षीय ज्ञान बहादुर श्रेष्ठ आफू बस्दै गरेको घर नजिक गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ मिया टोलस्थित नहर पुल छेउमा ईटहरी उपमहानगरपालिका-८ ढोका पुल बस्ने दिल बहादुर लिम्बुका छोरा ५ वर्षीय सुजन लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङ सुनसरी सिँचाई आयोजनाको नहरले बगाएर ल्याएको अवस्थामा उनको शव फेला परेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित बुद्ध बिहार संस्थामा विगत करिब ७ महिनादेखि बस्दै आएका ओखलढुङगा रुम्जाटार घर भएका ४३ वर्षीय रबिन राई आफु सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, बागमती नगरपालिका-१० दमाई टोल बस्ने श्याम साहको हाल बन्द रहेको कुखुरा फर्ममा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-२९ पट्नेरीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोट, बेलकोटगढी नगरपालिका-८ कासिटारस्थित सडक नजिक धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP