पछिल्लो २४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणमा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
यस्तै १ हजार १११ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ८ हजार ७७ परीक्षणमा ३९१ संक्रमित भएका छन् । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ ।
२४ घण्टामा थप ६८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ४५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । सक्रिय संक्रमित को संख्या १२ हजार २९७ रहेको छ ।