शनिबार , भाद्र १३, २०८३

पछिल्लो २४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणमा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यस्तै १ हजार १११ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ८ हजार ७७ परीक्षणमा ३९१ संक्रमित भएका छन् । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ ।

२४ घण्टामा थप ६८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ४५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । सक्रिय संक्रमित को संख्या १२ हजार २९७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP