बिहिबार , जेठ २३, २०८२

विगत केही समयदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीय बालकको निजी क्लिनिक, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखालाकै कारण मृत्यु भएको बताइएको छ।

यस्तै हालसम्म कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जीवाणु फेला परेको छ। फेला परेका दुबै जीवाणु मानव मलमूत्रमा पाइने जीवाणु रहेको चिकित्सकको भनाइ छ।

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएका धारा र ४० फिटभन्दा माथि गाडिएका नल (चापाकल)को नमुनामा कोलिफर्म भेटिएको हो। सय फिटभित्र गाडिएका नल (ह्याण्डपम्प) मा भने जीवाणु फेला नपरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP