आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण एकैपटक कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन हुँदैछ ।

मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।

कात्तिक ६ गते एकसाथ वडा अधिवेशन हुने र अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रबाट सामन्य मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ३ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरि तयारी गरिरहेको छ ।

एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् ।

वडा कमिटीमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP