मंगलबार , बैसाख २९, २०८३

आजदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा पनि देखिएको छ।

आज बिहान प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशमा सामान्य वदली गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रहने र अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

तीन दिनको मौसम पूर्वानुमान

२०७८ असोज ३१ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

२०७८ कार्तिक १ गते (सोमबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थान तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।देशका पश्चिमी र मध्यउच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ कार्तिक २ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थान तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश १, प्रदेश न २, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP