सोमबार , जेठ २७, २०८२

भारतको दक्षिणी प्रदेश केरलामा बाढीको कहर सुरु भएको छ । हालसम्म कम्तिमा ६ जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

बाढीबाट स्थानीय बासिन्दाको उद्धार र राहतका लागि सेना परिचालन गरिएको छ । दुईवटा जिल्लामा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका ११ वटा टोलीसहित सेना परिचालन गरिएको छ ।

प्रदेशका राजस्व मन्त्री राजन केका अनुसार तिरुवनन्तपुरम र कोट्टयम जिल्लामा सेना परिचालन गरिएको हो । कांग्रेस नेता तथा तिरुवनन्तपुरमका सांसद शशि थरुरका अनुसार इडुकी, पथनमथिट्टा, त्रिसुर र कोट्टयम जिल्ला बाढीबाट बढी प्रभावित छन् ।

दक्षिण पूर्वी अरब सागरमा न्यून चापीय रेखा विकसित हुँदा केरलामा बाढीको कहर सुरु भएको मौसम विभागले बताएको छ । विभागका अनुसार केरला, कर्नाटक, तमिनाडु र पुडुचेरीमा आइतबार पनि भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP