सोमबार , भाद्र १५, २०८३

दशैँ सुरु भएसँगै दुर्घटना बढेका छन् । पछिल्लो ५ दिनमा मात्रै दुर्घटनामा परेर ४० जनाको ज्यान गएको छ ।

मुगुमा अस्ति भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो भने सोमवार कास्कीको घान्द्रुकमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । हरेक वर्षको चाडपर्वमा यस्ता दुर्घटना हुने गरेका छन् ।

चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले र यही मौका छोपेर व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसरी गाडी दुर्घटना हुनमा अरु पनि थुप्रै कारण भएको विज्ञले बताएका छन् ।

क्षमताभन्दा धेरै यात्रु बोक्दा, उच्च गतिमा गाडी चलाउँदा, लामो दूरीमा पनि एउटै चालकले गाडी चलाउँदा दुर्घटनाको जोखिम हुने गरेको उनीहरुको भनाइ छ । यस्तै सडकको जीर्ण अवस्था, पहिरो खस्ने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता कारणले पनि दुर्घटना हुने गरेको छ ।

सरकारले हरेक वर्ष चालक र सहचालकलाई परिचयपत्रको व्यवस्था गर्न, लामो दूरीमा आलोपालो चलाउने गरी चालक राख्न तथा छतमा यात्रुको झिटीगुण्टाबाहेक व्यावसायिक सामान नराख्न निर्देशन दिने गरेको छ। तर, नियमको पालना नहुँदा चाडपर्वका बेला हुने दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका दुर्घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP