मंगलबार , बैसाख २९, २०८३

पछिल्लो २४ घण्टामा नेपालमा ६९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।यस्तै २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ६१९ परीक्षणमा ७९२ संक्रमित भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३ हजार ५५२ पुगेको छ ।

२४ घण्टामा थप ९१० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । २४ घण्टामा खोप लगाएकाको संख्या ६९ हजार ८२४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP