मंगलबार , बैसाख २९, २०८३

मुगुमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ३२ पुगेको छ।

घटनास्थलमै २४ जनाको ज्यान गुमेको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा ज्यान गुमेको थियो। त्यस्तै, ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा दुर्घटना भएको हो। चालकसहित ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरीले जानकारी गराएको छ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दियो। घाइतेलाई हेलिकप्टर र हवाईजहाजमा राखेर उपचारका लागि नेपालगञ्ज लगिएको थियो।

एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए।

‘मृतक, घाइते र गाडीबाट हाम फालेर वा ओर्लिएर बचेकाहरूको संख्या हेर्ने हो भने गाडीमा ४९ जना सवार रहेको देखिएको छ, यद्यपि घटनास्थलको भिरमा प्रहरीले मानिसको खोजी गरिरहेको छ,’ मेयर शाहीले भने।

सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP