मंगलबार , अषोज २७, २०८३

नेपालले साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहचरणको अन्तिम खेलमा बिहीबार बंगलादेशको सामना गर्दैछ । यस खेलमा कम्तीमा बराबरी मात्रै खेल्न सके पनि नेपालले फाइनल यात्रा गर्दै नयाँ इतिहास रच्नेछ ।

यता, २००३ को च्याम्पियन बंगलादेशले भने फाइनल पुग्नका लागि खेल जित्नुपर्नेछ । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले यो खेल निकै दबाबपूर्ण हुने प्रतिक्रिया दिएका छन् । ‘खेल निकै दबाबपूर्ण हुनेछ । बंगलादेशले जित्न चाहन्छ । नेपालले पनि कम्तीमा बराबरी खेल्नुपर्ने अवस्था छ । त्यसैले यो खेल निकै कठिन छ,’ उनले भने ।

यता नेपाली टिमका गोलकिपर विशाल श्रेष्ठले दबाबलाई चिर्नका लागि लामो समयदेखि तयारी गरिरहेको बताए । ‘हामीले यो खेलका लागि लामो समयदेखि तयारी गरिरहेका छौँ । यो हाम्रा लागि दबाब र अवसर पनि हो । नयाँ इतिहास सिर्जना गर्नका लागि । हामीले देशका लागि केही गर्नुछ भन्ने भावना राखेर मैदानमा उत्रनेछौँ,’ उनले भने ।

मालदिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ मा सुरु हुनेछ । नेपाल र बंगलादेशबीच अहिलेसम्म खेलिएका १२ भिडन्तमध्ये ४ खेल नेपालले जितेको छ, चार खेल बंगलादेशले जितेको छ भने ४ खेल बराबरीमै टुंगिएको छ ।

समूह चरणको अवस्था यस्तो ?

समूह चरणमा पहिलो स्थानको मालदिभ्स र दोस्रो स्थानको नेपालको तीन खेलबाट समान ६ अङ्क छ । गोलअन्तरमा माल्दिभ्सभन्दा नेपाल अघि छ । समान खेलबाट ५ अङ्क जोडेको भारत र ४ अङ्क जोडेको बंगलादेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् । श्रीलङ्काले समूह चरणका सबै चार खेल खेलिसक्दा केवल १ अंकमात्रै जोडेको छ । त्यसैले प्रतियोगितामा उसको चुनौती समाप्त भइसक्यो ।

समूह चरणमा शीर्ष दुई स्थान हासिल गर्ने टिमबीच फाइनल भिडन्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP