शनिबार , बैसाख २७, २०८२

कैलालीको सुदूरपूर्वी इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्र सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ३ बेतानका ३५ वर्षका धनबहादुर रानामगर मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार उनी हिरासतभित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । शौचालयभित्र गएका रानामगर लामो समयसम्म बाहिर नआएपछि हिरासतमा रहेका अन्य व्यक्तिले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए । हिरासतभित्र थप पाँचजना रहेका छन् ।

डीएसपी सापकोटाका अनुसार शौचालयको ढोका फोडेर हेर्दा रानामगर आफ्नो गन्जी (भित्रीबस्त्र) को पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका थिए । कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्व अधिकारीले घटनाबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । उनी आफै घटनाको अनुसन्धानमा खटेका छन् ।

प्रहरीका अनुसार मृतक रानामगर भैंसी चोरेको आरोपमा आइतबार मात्रै पक्राउ परेका थिए। उनी जानकी गाउँपालिका दुर्गालीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP