मंगलबार , बैसाख २९, २०८३

कैलालीको सुदूरपूर्वी इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्र सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ३ बेतानका ३५ वर्षका धनबहादुर रानामगर मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार उनी हिरासतभित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । शौचालयभित्र गएका रानामगर लामो समयसम्म बाहिर नआएपछि हिरासतमा रहेका अन्य व्यक्तिले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए । हिरासतभित्र थप पाँचजना रहेका छन् ।

डीएसपी सापकोटाका अनुसार शौचालयको ढोका फोडेर हेर्दा रानामगर आफ्नो गन्जी (भित्रीबस्त्र) को पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका थिए । कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्व अधिकारीले घटनाबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । उनी आफै घटनाको अनुसन्धानमा खटेका छन् ।

प्रहरीका अनुसार मृतक रानामगर भैंसी चोरेको आरोपमा आइतबार मात्रै पक्राउ परेका थिए। उनी जानकी गाउँपालिका दुर्गालीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP