सोमबार , भाद्र १५, २०८३

नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ ।

अक्टोबर २ अर्थात् गएको असाेज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले जनाएको छ ।

यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका ८६ ठाउँमा रहेका मापन केन्द्रको रेकर्ड अनुसार यस वर्षको मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा समेत मनसुन भित्रिएको सुरुमै सक्रिय भयो भने सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुरलगायतका ठाउँमा आरीघोप्टे वर्षा अर्थात् भाँडोबाट खन्याए झैँ एकै पटक ठूलो पानी परेको छ ।

जेठ अन्तिमदेखि असोज मध्यसम्म अर्थात् झन्डै चार महिना चल्ने मनसुनमा वर्षभरि पर्ने पानीको ८० प्रतिशतभन्दा धेरै पर्ने गर्दछ । मनसुन बाहिरिएसँगै अहिले नेपालमा कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP