मंगलबार , अषोज २७, २०८३

चीनको उत्तर प्रान्त साङ्सीमा बाढीका कारण १७ लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन्। चिनियाँ सञ्‍चारमाध्यमहरुका अनुसार गत साता आएको भिषण वर्षाका कारण बाढी र पहिरो आएको थियो।

उक्त बाढी र पहिरोले साङ्सीका ७० जिल्ला प्रभावित भएका थिए। भिषण वर्षाका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको थियो। तीन महिनाअघि हेनान प्रान्तमा भएको भिषण वर्षाका कारण आएको बाढीमा परी ३०० जनाको मृत्यु भएको थियो।

चिनियाँ मौसम विभागले ठूलो वर्षा र आँधिका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाएको छ। चिनियाँ सञ्‍चरमाध्यम सिन्ह्वाका अनुसार एक लाख २० हजार मानिसहरुलाई तत्काल स्थानान्तरण गरिएको थियो।

बाढीका कारण १७ हजार घरहरु भत्किएका छन्। उद्धार कार्यमा खटिएका चार जना प्रहरीको पनि मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ। सान्सी प्रान्तको राजधानीमा ताइयुनमा १८५.६ एमएम वर्षा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP