सोमबार , जेठ २७, २०८२

चीनको उत्तर प्रान्त साङ्सीमा बाढीका कारण १७ लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन्। चिनियाँ सञ्‍चारमाध्यमहरुका अनुसार गत साता आएको भिषण वर्षाका कारण बाढी र पहिरो आएको थियो।

उक्त बाढी र पहिरोले साङ्सीका ७० जिल्ला प्रभावित भएका थिए। भिषण वर्षाका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको थियो। तीन महिनाअघि हेनान प्रान्तमा भएको भिषण वर्षाका कारण आएको बाढीमा परी ३०० जनाको मृत्यु भएको थियो।

चिनियाँ मौसम विभागले ठूलो वर्षा र आँधिका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाएको छ। चिनियाँ सञ्‍चरमाध्यम सिन्ह्वाका अनुसार एक लाख २० हजार मानिसहरुलाई तत्काल स्थानान्तरण गरिएको थियो।

बाढीका कारण १७ हजार घरहरु भत्किएका छन्। उद्धार कार्यमा खटिएका चार जना प्रहरीको पनि मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ। सान्सी प्रान्तको राजधानीमा ताइयुनमा १८५.६ एमएम वर्षा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP