मंगलबार , अषोज २७, २०८३

ग्वाटेमाला प्रहरीले १२६ जना आप्रवासीहरुलाई सडकछेउको कन्टेनरबाट उद्वार गरेको छ । जहाँ केही नेपाली नागरिक पनि भएको बीबीसीले जनाएको छ ।

ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा उनीहरु भेटिएका थिए। ट्रेलरभित्र उनीहरु चिच्याएको आवाज सुनेपछि यहाँको प्रहरीले उद्वार गरेको जनाएको छ । अधिकारीहरुका अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टहरुले बाटवमै छाडिदिएका थिए ।

उक्त समूहमा अधिकांश संकटग्रस्त मुलुक हैटीका नागरिक थिए । साथै नेपाल र घानाका नागरिक पनि अवैध बाटो हुँदै अमेरिका प्रयासमा रहेको बुझिएको छ । तर समूहमा कति नेपाली नागरिक कति छन् भन्ने यकिन छैन । प्रहरी अधिकारीले आफूहरुले कन्टेनरभित्र कराइरहेको सुनेको र ढोका खोल्दा १२६ जना कागजात नभएका मानिस भेटिएको प्रतिक्रिया दिएका छन् ।

अधिकारीहरुका अनुसार आप्रवासीहरुलाई सेल्टरमा राख्नुअघि उनीहरु सबैको प्राथमिक उपचार समेत गरिएको छ । ग्वाटेमालाको आप्रवासन प्राधिकरणका प्रवक्ता अलेजान्ड्रा मेनाका अनुसार उनीहरु होन्डुरसबाट अमेरिकाको जोखिमयुक्त र गैरकानूनी बाटोको यात्रा गर्दै थिए । तर उनीहरुलाई अब होन्डुरस सिमानामा नै फिर्ता गरी अधिकारीहरुको जिम्मा लगाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP