सोमबार , जेठ २७, २०८२

ग्वाटेमाला प्रहरीले १२६ जना आप्रवासीहरुलाई सडकछेउको कन्टेनरबाट उद्वार गरेको छ । जहाँ केही नेपाली नागरिक पनि भएको बीबीसीले जनाएको छ ।

ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा उनीहरु भेटिएका थिए। ट्रेलरभित्र उनीहरु चिच्याएको आवाज सुनेपछि यहाँको प्रहरीले उद्वार गरेको जनाएको छ । अधिकारीहरुका अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टहरुले बाटवमै छाडिदिएका थिए ।

उक्त समूहमा अधिकांश संकटग्रस्त मुलुक हैटीका नागरिक थिए । साथै नेपाल र घानाका नागरिक पनि अवैध बाटो हुँदै अमेरिका प्रयासमा रहेको बुझिएको छ । तर समूहमा कति नेपाली नागरिक कति छन् भन्ने यकिन छैन । प्रहरी अधिकारीले आफूहरुले कन्टेनरभित्र कराइरहेको सुनेको र ढोका खोल्दा १२६ जना कागजात नभएका मानिस भेटिएको प्रतिक्रिया दिएका छन् ।

अधिकारीहरुका अनुसार आप्रवासीहरुलाई सेल्टरमा राख्नुअघि उनीहरु सबैको प्राथमिक उपचार समेत गरिएको छ । ग्वाटेमालाको आप्रवासन प्राधिकरणका प्रवक्ता अलेजान्ड्रा मेनाका अनुसार उनीहरु होन्डुरसबाट अमेरिकाको जोखिमयुक्त र गैरकानूनी बाटोको यात्रा गर्दै थिए । तर उनीहरुलाई अब होन्डुरस सिमानामा नै फिर्ता गरी अधिकारीहरुको जिम्मा लगाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP