मंगलबार , अषोज २७, २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखाला नियन्त्रणमा आएको जनाएको छ। असोज १८ गते यता देखिएको झाडापखाला र बान्ताको लक्षण भएका बिरामीहरुको आवश्यक उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

‘प्रतिकार्यका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीहरु स्थानीय, प्रदेश, संघीय सरकार र विश्व स्वास्थ्य संगठन लगायतका साझेदार संघ–संस्थाहरुको समन्वयमा व्यवस्थापन गरिसकिएको छ र हाल प्रकोप नियन्त्रणमा रहेको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा नियन्त्रय, व्यवस्थापन तथा थप अनुसन्धान गरि उक्त प्रकोपको कारण तथा सम्भावित स्रोतको खोजी कार्य जारी रहेको छ।’

आइतबार सम्मको अद्यावधिक विवरण अनुसार जम्मा कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ का ६८८ जनामा झाडापखाला तथा बान्ताको लक्षण देखिएको मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये ६३१ उपचारपछि निको भएर डिस्चार्ज भइसकेका मन्त्रालयले जानकारी दिएको छ। ४० जनाको तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, १७ जनाको कृष्णनगर नगरपालिका स्थित शिवराज अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले झाडापखाला र वान्ताको लक्षण देखिएका सबैको नि:शुल्क उपचारको व्यवस्था गरिएको पनि जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP