आइतबार , भाद्र १४, २०८३

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍मा ६ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।नवनियुक्त सबै मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् ।

६ मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले र ४ राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ गराएका थिए । कांग्रेस, माओवादी, जसपाको गठबन्धनबाट गत साउन २८ मा ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।

लुम्बिनीमा कांग्रेसका ४ मन्त्री र २ राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित ४ मन्त्री र २ राज्यमन्त्री, जसपाका ३ मन्त्री, नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP