शुक्रबार , भाद्र १२, २०८३

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले महारथी टोली भारतको सामना गर्दैछ ।

पाँच टोली सम्मिलित साफ च्याम्पियनसिप राउण्ड रोविन प्रणालीमा सन्चालन भएको छ र लिगका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यसअघिका दुवै खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा रहेको नेपालले साफको ऐतिहासिक फाइनल यात्रा तय गर्नका लागि आजको जित महत्वपूर्ण हुनेछ । नेपाल साफ च्याम्पियनसिपमा अहिलेसम्म फाइनलमा पुगेको छैन ।

माल्दिभ्सको राजधानीस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार आज राती पौने १० बजे हुनेछ । त्यसअघि पौने ५ बजे हुने दिनको पहिलो खेलमा माल्दिभ्स र श्रीलंका आमने सामने हुनेछन् ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो भने त्यसको तीन दिनपछि भएको दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलअन्तरले हराएको थियो ।

कीर्तिमानी सातपल्टको उपधि विजेता भारत भने सुरुआती दुई खेलमा बराबरीको नतिजामा रोकिएको थियो । त्यसैले आजको नेपालविरुद्धको खेल भारतका लागि दवावपूर्ण रहनेछ । आज पराजित भएको अवस्थामा भारतलाई प्रतियोगिताको फाइनलमा पुग्न निकै नै कठिन हुनेछ ।

नेपाललाई भने कम्तिमा बराबरीले पनि फाइनलको नजिक पुर्‍याउनेछ । लिग चरणको अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP