मंगलबार , अषोज २७, २०८३

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा डुंगा दुर्घटनामा कम्तीमा १०० जना मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिवार बताएका छन् ।कंगोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। यहाँका मानिसहरू देशकै ठूलो कंगो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन् ।

उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमवारदेखि मंगलवार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेको विश्वास गरिएको छ । उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित छन् ।

यात्रुको यकिन संख्या भने जानकारी छैन । यो संख्या भने डुंगाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो ।

यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको डुंगा हो । प्रवक्ताका अनुसार उक्त दुर्घटना रातिको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुन सक्छ ।

पीडितहरूमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरू रहेका छन् । प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारी रहेको बताएका छन् । रासस-एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP